फाइल तस्बिर
काठमाडौं- रुसको राजधानी मस्कोस्थित युक्रेनको दूतावासमा रहेको युक्रेनको झण्डा हटाइएको छ।
रुस र युक्रेनका बीचमा युद्ध भइरहेका बेला रुसमा रहेको युक्रेनको दुतावासमा राखिएको झण्डा हटाइएको हो।
झण्डा हटाउन गएकाहरूले दूतावासको मुख्य प्रवेशद्वार समेत बन्द गरिदिएको समाचारमा जनाइएको छ।
यसअघि उनीहरूले रुसको सेन्ट पिटर्सवर्गमा रहेको युक्रेनको कन्सुलेट जनरलमा समेत काम गर्न रोक लगाएका थिए।
रुसले गत बिहीबारदेखि युक्रेनमा आक्रमण गर्न थालेको हो। आक्रमण अहिले पनि जारी रहेको छ।
आक्रमण सुरु भएको पाँचौ दिनमा दुई पक्षका प्रतिनिधिका बीचमा वार्ता भएपनि सहमति हुन भने सकेको छैन।
दुवै पक्ष आ आफ्नै अडानमा रहेकाले वार्ताले समाधान दिन नसकेको अधिकारीहरूले जानकारी दिएका छन्।
विश्वका धेरै देशले युक्रेनमाथि रुसले आक्रमण गरेकोमा आलोचना गरेका छन्। केही देशहरुले मात्रै रुसलाई समर्थन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।