काठमाडौं- रुसले युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा लगातार आक्रमण गरिरहेको छ। खार्किभका धेरै सरकारी भवनलाई निशाना बनाइएको छ। रुसले खार्किभको नगर परिषद् भवनमा क्रुज मिसाइल पनि प्रहार गरेको छ।
खार्किभका डेपुटी गभर्नरले यसको पुष्टि गरेका हुन्। खार्किभ रुसी सिमानाबाट मात्र ३० माइल टाढा छ। पछिल्लो दुई दिनदेखि रुसी सेनाले खार्किभमा भीषण बमबारी गरिरहेको छ ।
सहरको सडकमा रुसी र युक्रेनी सेनाबीच भिडन्त जारी रहेको बताइन्छ। मंगलबार राति रुसले विमानबाट सैनिकलाई खार्किभ पुर्याएको थियो। त्यसपछि झडप चर्किएको थियो।
मंगलबार पनि सरकारी मुख्यालयमा मिसाइल प्रहार भएको थियो। जसका कारण वरपर आगोको गोला फैलिएको थियो। आक्रमणले भवन र नजिकका गाडीहरूमा ठूलो क्षति पुर्याएको छ।
रुसले आवासीय क्षेत्रमा आक्रमण गरेर युद्ध अपराध गरिरहेको युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।