काठमाडौं- नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको सीमा घटाएको छ। केन्द्रीय बैंकले बुधबारदेखि लागू हुनेगरी उक्त सीमा घटाएको हो।
केन्द्रीय बैंकले बुधबार एक सूचना जारी गर्दै विप्रेषण कम्पनीका सब एजेन्ट वा सब रिप्रिजेन्टेटिभहरुले स्वदेशमा कारोबार गर्दा प्रतिव्यक्ति, प्रतिकारोबार प्रतिदिन २५ हजार रुपैयाँसम्म मात्रै गर्न पाउने व्यवस्था गरेको छ।
यसअघि यस्तो आन्तरिक विप्रेषण कारोबारको अधिकतम सीमा एक लाख रुपैयाँसम्म थियो। तर, केन्द्रीय बैंकले बुधबारदेखि यस्तो सीमा घटाएको हो।
तर, विदेशबाट नेपालस्थित सम्बन्धित व्यक्ति वा आफन्तलाई पठाएको विप्रेषण रकम नगदमै भुक्तानी गर्न सकिने सीमामा भने कुनै परिवर्तन गरेको छैन।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।