काठमाडौं- यही साता चीनमा सुरु हुने शीतकालीन खेलमा रुसी खेलाडीहरूलाई सहभागी हुन दिने वा नदिने भन्नेबारे अन्तर्राष्ट्रिय पारालिम्पिक समितिको बैठक बेइजिङमा बस्दैछ।
यद्यपि, खेलमा सहभागी हुने उद्देश्यले रुसी टोली बेइजिङमा पुगिसकेका छन्। प्रतिबन्धित औषधि सेवन गराउने कार्यमा राज्यकै संलग्नता रहेको आरोपमा प्रतिबन्ध लगाइएपछि रुसका खेलाडीहरू रुसी पारालिम्पिक समितिअन्तर्गत रहेर सहभागी हुने कार्यक्रम तय भइसकेको थियो।
अन्य खेलकुदका प्रशासनिक निकायहरूले जसरी नै रुसी टोलीलाई प्रतिबन्ध लगाउन अहिले पनि अधिकारीहरूलाई दबाव छ। बेइजिङ पारालिम्पिक्सको उद्घाटन शुक्रबार हुँदैछ भने प्रतिस्पर्धाहरू शनिबारबाट हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।