काठमाडौं- रूस र युक्रेनबीच दोस्रो चरण वार्ता हुने भएको छ। समाचार संस्था एपीका अनुसार रूसले युक्रेनमाथि आक्रमण गरेको सातौं दिन दुई मुलुक वार्ताका लागि तयार भएका हुन्।
यद्यपि, वार्ता कहाँ र कतिबेला हुने भन्ने टुंगिन बाँकी छ। यता, रूसी अधिकारीहरूले स्थानिय समयअनुसार बुधबार साँझ वार्ता हुन सक्ने बताएका छन्।
रुस र युक्रेनबीच हुन लागेको यो दोस्रो वार्ता हो। गत आइतबार बेलारूस र युक्रेनको सीमामा दुई देशका अधिकारीहरूबीच पहिलो चरणको वार्ता भएको थियो। उक्त वार्ता बिना निष्कर्ष टुंगिएको थियो।
वार्ता बिनानिष्कर्ष टुंगिएपछि रूसले युक्रेनमाथि आक्रमण जारी राखेको छ। बुधबार मात्रै रुसी सेनाले आवासीय क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेर युक्रेनको दोस्रो ठूलो सहर खार्किभ कब्जामा लिएको थियो।
यता, राजधानी किएभमा पनि आक्रमण बढिरहेको छ। सैन्य विज्ञहरुका अनुसार अहिले ७५ प्रतिशत रुसी सेना युक्रेनमा रहेका छन्।
यद्यपि, युक्रेनले हालसम्म ५ हजार ८४० रुसी सैनिक मारिएको दाबी गरेको छ। युक्रेनको सेनाले प्रारम्भिक तथ्याङ्कमा रुसी सेनाले आक्रमण सुरु भएदेखि यता भएका सबै क्षतिहरू समावेश गरेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।