काठमाडौं- कारागारमा रहेका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीले युक्रेनमा आक्रमण गर्ने रुसी राष्ट्रपति पुटिनको कदमविरुद्ध रुसमा र अन्यत्र पनि दैनिक विरोध प्रदर्शन गर्न आह्वान गरेका छन्।
युक्रेनमा रुसको हमलाको सन्दर्भमा मंगलबार ट्वीट गर्दै नाभल्नीले रुस शान्तिप्रिय देश बन्न चाहेको तर अफसोस, अब धेरै मानिसले यसलाई शान्तिप्रिय देश भन्न नसक्ने बताएका छन्।
‘कम्तिमा डराउने र चुप लाग्ने जनताको देश नबनौं। युक्रेनविरुद्ध आक्रामक युद्धको विचार नगर्ने र बहाना बनाउने कायरहरूको देश नबनौं,’ उनले भने।
रुसले युक्रेनीहरूलाई मार्ने र युक्रेनीहरूले सय वर्षअघिको ऐतिहासिक बकवासको आधारमा रुसीहरूलाई आत्मरक्षामा मार्ने भन्ने कुरामा चुप लागेर बस्न नसकिने उनले बताए।
‘यो २१औं शताब्दीको तेस्रो दशक हो। जनताले ट्याङ्की जलाएको र घरमा बमबारी गरेको समाचारमा देखिरहेका छौं,’ नाभल्नीले भने।
उनले थपे,‘अब हामी हाम्रा टिभीहरूमा परमाणु युद्धको वास्तविक खतरा देखिरहेका छौं, म आफैं सोभियत संघबाट हुँ। म जन्मिएँ र बाल्यकालदेखि नै एउटा वाक्य सुन्दै आएको छु– शान्तिका लागि युद्ध। सबैलाई सडकमा आउन र शान्तिका लागि लड्न आग्रह गर्दछु।’
नाभल्नीले राष्ट्रपति भ्लादिमिर पुटिन रुस नभएको पनि बताए। उनको कदमविरुद्ध आवाज उठाउन पनि नाभल्नीले जनताहरुसँग आग्रह गरेका छन्।
‘अब हामी धेरै पर्खन सक्दैनौं। जहाँ तपाईं अहिले रूसमा हुनुहुन्छ, बेलारुसमा, संसारका अन्य देशहरूमा। हप्ताको हरेक दिन, सप्ताहन्त र बिदाहरूमा, सहरका मुख्य चोकहरूमा दुई बजे भेला हुनुहोस् र युद्धको विरुद्ध आवाज उठाउनुहोस्,’ नेभल्नीले भने।
युक्रेनमा रुसको आक्रमणलाई सम्बोधन गर्दै उनले सबै कुराको मूल्य हुने र अब २०२२ मा यसको मूल्य चुकाउनु पर्ने बताए।
‘हाम्रो लागि यो मूल्य अरू कसैले चुकाउने छैन। युद्धविरुद्ध मात्र लडौं, युद्ध नलडौं,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।