काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ८७४ जनामा गरिएको परीक्षणका क्रममा सो संख्यामा संक्रमित फेला परेका हुन्।
मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११९४१ पुगेको छ।
नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ७७०। पछिल्लो २४ घण्टामा ३२१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।