काठमाडौं– पछिल्लो समय निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक बुधबार पनि उच्च अंकले घटेको छ।
बुधबार नेप्से परिसूचक ६३.९८ अंक घटेर २ हजार ५४६.६० विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ११.५२ अंक, फ्लोट इण्डेक्स ४.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.६१ अंकले गिरावट आएको छ।
बुधबार कारोबारमा आएका २२८ कम्पनीको ७६ लाख ५२ हजार कित्ता सेयर ३ अर्ब ६२ करोड ११ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। कारोबारमा आएका २२८ कम्पनीमध्ये बुधबार २१२ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मात्र सेयर मूल्य बढेको छ। बाँकी कम्पनीको मूल्य स्थिर रहेको छ। मंगलबार भने महाशिवरात्रि पर्वको कारण सेयर बजार बन्द भएको थियो।
बुधबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएका छन। जसमध्ये वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ३.६५ प्रतिशत बढेको छ।
त्यस्तै, विकास बैंक, लगानी, जीवन बीमा उत्पादन तथा प्रशोधन, जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ। लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।
बुधबार नेप्से परिसूचकमा गिरावट आए पनि रिलायन्स लाइफ इन्स्योरेन्स, सिभिल बैंक र स्वाभिमान लघुवित्तको सेयरमूल्य बढेको छ। जसमा हिमालयन जनरल इन्स्योरेन्सको सेयरमूल्य सबैभन्दा बढी ८.२६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज १६ करोडभन्दा बढीको सेयर कारोबार गरेर नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। नेपाल टेलिकमको १४ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।