काठमाडौं– आउँदो चैत तेस्रो साता काठमाडौंमा हिमालयन हाइड्रो एक्स्पो हुने हुने भएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै आयोजकले तीन दिनसम्म सञ्चालन हुने एक्स्पोमा १०० भन्दा बढी स्टल रहने जनाएको छ।
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज् प्रालि ले संयुक्त रुपमा आयोजना गर्ने एक्स्पो चैत १८ देखि २० गतेसम्म भृकुटीमण्डपमा चल्नेछ। एक्स्पोको यो तेस्रो संस्करण हो।
एक्स्पोमा नेपालस्थित भारतीय दूतावासको समन्वय तथा बेलायती दूतावास र क्यानेडियन हाइ कमिशन कन्ट्री पार्टनर रहने बताइएको छ। भारतीय दूतावासको समन्वयमा एक्स्पो आयोजना हुँदा नेपाल र भारतका उर्जासम्बद्ध व्यक्ति तथा संस्थाका बीचमा पारस्परिक सहयोग र सहकार्यमा समेत सहजता आउने आयोजकको अपेक्षा छ।
यसबाट नेपालको जलविद्युतको बजार र व्यापार विस्तारका साथै भारतीय लगानीमा सहकार्यको थप अवसर उजागर हुने विश्वास लिइएको छ।
जलविद्युत प्रवर्द्धक, उत्पादक, इक्युप्मेन्टस् सप्लायर्स, टर्वाइन उत्पादक, लगानीकर्ता, बैंक, बीमा लगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध स्टल एक्स्पोमा रहने छन्। जसमा झण्डै ५० प्रतिशत विदेशी स्टल रहने अनुमान गरिएको छ। एक्स्पोको ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।