• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ १४, २०८३ Sun, Aug 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

४५ मिनेटका राष्ट्रपति, जो अमेरिकी षड्यन्त्रका कारण बाहिरिए

डैरियस ब्रुक्स आइतबार, फागुन २२, २०७८  ०७:०२
1140x725

काठमाडौं– इतिहासका पानाहरूमा केही यस्ता किस्सा छन्, जसलाई सुन्दा आज पनि अच्चम मान्नुपर्ने अवस्था छ। तीमध्ये एउटा हो मेक्सिकोका राष्ट्रपति बनेका पेड्रो लस्कुरिनको किस्सा, जो आफ्नो पदमा केबल ४५ मिनेट मात्र रहेका थिए। 

पेड्रो लस्कुरिन सन् १९१३ फेब्रुअरी १९ मा मेक्सिकोका राष्ट्रपति बनेका थिए। तर, अमेरिकी षड्यन्त्र र दबाबका कारण ४५ मिनेटपछि नै उनले पदबाट राजीनामा दिनु परेको थियो। 

कुनै पनि देशको इतिहासमा सबैभन्दा कम समय राष्ट्रपति पद सम्हाल्ने व्यक्ति लस्कुरिन नै हुन्। उनीसँग सम्बन्धित यो घटनालाई ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा पनि अभिलेखीकरण गरिएको छ।

दशकौंसम्म पनि लस्कुरिनलाई ‘फ्लिटिंग प्रेसिडेन्ट’ अर्थात्, केही क्षणका लागि भएका राष्ट्रपतिको नाम दिइएको थियो। पछि यो घटनाबारे भएको जाँचबाट पत्ता लागेको थियो कि, कसरी राम्रो शिक्षा प्राप्त गरेको तर कम राजनीतिक अनुभव भएको नेता सन् १९१० देखि १९२० बीचमा भएको मेक्सिकोको क्रान्तिका क्रममा अप्रत्यासित संघर्षको शिकार भएका थिए।

इतिहासकार ग्रैजिलिया अल्तामिरानोले बताएका थिए, ‘उनलाई ४५ मिनेटका लागि सत्ता सम्हालेका नेताका रूपमा चिनिन्छ। यो कुनै पनि राष्ट्रपतिका लागि पदमा रहेको सबैभन्दा कम समय हो। कसैले पनि उनको कार्यकाललाई चान्सलरको रुपमा हेर्दैन।’

अल्तामिरानो लस्कुरिनसँग जोडिएका व्यक्तिगत विवरण पढ्ने केही शोधकर्ताहरूमध्येका एक हुन्। उनी भन्छन्, ‘लस्कुरिनले अमेरिकासँगको सम्बन्धको सबैभन्दा अप्ठ्यारो समयमा अहम् भूमिका निभाएका थिए। त्यो बेला मेक्सिकोमा हेनरी लेन विल्सन अमेरिकाको राजदूत थिए, जसलाई मेक्सिकोको इतिहासमा सबैभन्दा नराम्रो अमेरिकी राजदूत मानिन्छ।’

अर्का शोधकर्ता तथा इतिहासकार गुआदलुप विलाका अनुसार, ‘यो एउटा यस्तो कलंक थियो, जसलाई मेटाउन सकिदैन र यो प्रकरणपछि उनले आफ्नो जीवनको कैयौं वर्ष आफूलाई सही बताउन र मानिसहरूलाई वास्तवमा के भएको थियो भन्ने सुनाउनमै बिताएका थिए।’

ती दश दिन अर्थात्, ट्रयाजिक टेन
पेड्रो लस्कुरिन जुन दिन मेक्सिकोको राष्ट्रपति बने, त्यो देशका लागि सबैभन्दा अप्ठ्यारो समय थियो। ९ देखि १९ फेब्रुअरी १९१३ मा तत्कालीन राष्ट्रपति फ्रैंसिसो आई मदेरोविरुद्ध सैन्य विद्रोह भयो र सत्ता उनको हातबाट छुट्यो। १० दिनसम्म भएको यो पूरै घटनाक्रम ‘ट्रयाजिक टेन’ नामले चर्चित छ। 

nimb
nimb

त्यो वर्ष मदेरोको सरकारविरुद्ध सेना अगाडि आउन थालेको थियो। उनी मेक्सिकोको ३० वर्षे इतिहासमा पहिलो पटक लोकतान्त्रिक रूपमा निर्वाचित भएर सत्तामा पुगेका थिए। उनीभन्दा पहिले जनरल पोरफिरियो डियाजले सैन्य शासनमार्फत देशमा तीन दशक राज गरेका थिए। 

सरकार र सेनाबीच जारी संघर्षको क्रममा मेक्सिकोका लागि अमेरिकी राजदूत विल्सनले त्यहाँ रहेका अमेरिकी नागरिक र उनका कारोबारको सुरक्षासँग जोडिएका मागहरू सिलसिलेबार तरिकाले राखेका थिए। त्यति बेला लस्कुरिन विदेशमन्त्री थिए। यसकारण विल्सनका माग र गतिविधिले उनीमाथि सबैभन्दा धेरै दबाब सिर्जना भएको थियो। विल्सनले कैयौं पटक खुलेआम तत्कालीन राष्ट्रपति मदेरोको राजीनामा माग्नेदेखि मेक्सिकोमा सैन्य कारबाही गर्ने धम्कीसम्म दिएका थिए। 

इतिहासकार अल्तामिरानो भन्छन्, ‘विदेशमन्त्रीको रूपमा उनको भूमिका सबैभन्दा महत्त्वपूर्ण रहेको थियो, किनकि त्यो समय मेक्सिकोको इतिहासमा कुनै विदेशी राजदूतले पहिलो पटक सार्वजनिक रूपमै सैन्य कारबाहीको धम्की दिइरहेको थियो।’ त्यस बखत मेक्सिकोको आधाभन्दा धेरै क्षेत्र छिमेकी देशको हातमा गइसकेको थियो। यसकारण अमेरिकाको धम्कीलाई मेक्सिकोले गम्भीरताका साथ लिइरहेको थियो। 

अल्तामिरानो भन्छन्, ‘फेब्रुअरीमा जब तनाव बढ्न थाल्यो, तब विल्सनसँगै मेक्सिकोका लागि अन्य देशका राजदूतले पनि राष्ट्रपतिको राजीनामालाई नै समस्या समाधानको एक मात्र उपाय बताउन थाले।’

वासिङ्टनको अनुमति नलिइ राजदूत विल्सनले आफ्ना सहयोगी राजदूतहरूलाई मेक्सिकोको सिमानामा पहिलेदेखि नै अमेरिकी सैनिक तैनाथ रहेको जानकारी दिएका थिए। विल्सनले अन्य राजदूतसँग आफ्नो देशलाई खतरा भएका कारण सिमानामा सैनिक तैनाथ राखेको बताएका थिए। उनले भनेका थिए, ‘यदि राष्ट्रपतिले राजीनामा दिएनन् भने हमला गरिनेछ। हामीले राष्ट्रपतिको राजीनामा जसरी पनि लिनुपर्छ।’

१९ फेब्रुअरीको त्यो चर्चित ४५ मिनेट
देशमा बढिरहेको संघर्षको कारक सैनिक जनरल विक्टोरियानो हुअर्ता भएको मदेरोले आरोप लगाएका थिए। जनरल विक्टोरियानो राष्ट्रपति मदेरोको समर्थक थिएनन्। 

त्यसो त, पछि जनरल विक्टोरियानोले जनरल फेलिक्स डियाज (पूर्वराष्ट्रपति पोरफिरियो डियाजका भतिज) र अमेरिकी राजदूत विल्सनसँग मिलेर मदेरोलाई राष्ट्रपति पदबाट हटाउने षड्यन्त्र रचेको खुलेको थियो। केही समयकै लागि भए पनि सत्ता हातमा लिने उनको इच्छा थियो। यही लक्ष्य पूरा गर्न लस्कुरिनलाई प्रयोग गरिएको थियो। तर, लस्कुरिनलाई यसबारे केही पनि जानकारी थिएन।

१९१३ फेब्रुअरी १८ मा विद्रोहीहरूसँगको तनाव जारी रहँदा राष्ट्रपति मदेरो र उपराष्ट्रपति जोसे मारिया पिनो सुआरेजलाई जनरल हुअर्ताका समर्थकहरूले पक्रिएका थिए। सबै कुरा आफ्नो विपक्षमा भइरहेको देखेपछि मदेरोले राष्ट्रपतिको पदबाट राजीनामा लेखेर विदेशमन्त्री लस्कुरिनलाई दिए। उक्त राजीनामा भोलिपल्ट अर्थात् फेब्रुअरी १९ मा संसद्‍मा पुर्‍याउन पनि मदेरोले लस्कुरिनलाई भनेका थिए। राजीनामाको बदला उनीहरूले आफूहरू दुवैलाई सुरक्षित रूपमा देशबाहिर पुर्‍याउनुपर्ने शर्त राखेका थिए।

इतिहासकार विला भन्छन्, ‘मदेरो र पिनो सुआरेज दुवैको जीवन पहिलैदेखि खतरामा थियो। उनीहरूलाई विक्टरियानो हुअर्ताले देशबाहिर लैजाने वचन त दिएका थिए, तर त्यसविपरित दुवैलाई मृत्युको सजाय दिइयो।’

लस्कुरिनले संसदमा मदेरोको राजीनामा पढे। त्यसपछि त्यति बेलाको संविधानअनुसार उनले सरकार चलाउन चाहने वा नचाहने भन्ने उनमै निर्भर थियो। यसरी लस्कुरिन राष्ट्रपति बनेका थिए। हुअर्तासँगको सम्झौतामा विश्वास गर्दै लस्कुरिनले विद्रोही जनरललाई गृहमन्त्री बनाए। तर, त्यसको ४५ मिनेटभित्र नै आफूले पनि राजीनामा दिए। अनि हुअर्ता नै मेक्सिकोको राष्ट्रपति बने। हुअर्ताले आफ्नो सरकारमा लस्कुरिनलाई समावेश गरेनन्।

त्यसको तीन दिनपछि २२ फेब्रुअरीमा मदेरो र सुआरेजलाई लेकन्बरी कारागार बाहिर मारिएको थियो। भनिन्छ, दुवैले जेलबाट भाग्ने कोसिस गरेका थिए, जसकारण उनीहरूको हत्या गर्नुपरेको थियो। लस्कुरिनलाई त्यो बेला मदेरोको ‘गद्दार’ भनियो। 

अल्तामिरानो भन्छन्, ‘यो निकै विवादास्पद छ र यसलाई लिएर कैयौं विरोधी विचारहरू पनि छन्। केही यस्ता मानिसहरू छन्, जो लस्कुरिन निकै सोझा भएको र राजदूत विल्सनले त्यसको फाइदा उठाएको बताउँछन्। केहीले हुअर्ताले उनको प्रयोग गरेको बताउँछन्।’

के लस्कुरिन गद्दार थिए?
लस्कुरिन आफूले राजीनामा दिएको परिस्थितिबारे राम्रोसँग जानकार थिए। राजीनामा पत्रमा उनले अमेरिकी हमलाको खतरालाई कारण देखाउँदै लेखेका थिए, ‘जुन घटना हामी देखिरहेका छौं, यसले मलाई यस्तो स्थितिमा ल्याइदिएको छ कि मैले कानुनको दायरामा रहेर त्यो कदम उठाउनु पर्छ, जसबाट परिस्थिति केही नियन्त्रण हुन्छ। अन्यथा यसले देशको अस्तित्वमा संकट पैदा गर्न सक्छ।’

तर, अल्तामिरानोसँग जुन दस्तावेज छन्, त्यसले कम समयका लागि राष्ट्रपति बनेका लस्कुरिनलाई आफ्नो लोकप्रियता कम हुने थाहा भएको संकेत मिल्छ। अल्तामिरानोका अनुसार संसद्‍बाट लस्कुरिन हतास र निराह भएर आफ्नो घरमा फर्किए र एक पत्र लेखे। उनले पत्रमा भनेका छन्, ‘मलाई नराम्रोसँग धोका दिइएको छ। म जुन राष्ट्रपति र उपराष्ट्रपतिलाई बचाउने कोसिस गरिरहेको थिएँ, उनीहरूले नै मलाई धोका दिए।’

अल्तामिरानो भन्छन्, ‘केही मान्छे छन्, जो लस्कुरिनले राजीनामा दिन नहुने बताउँछन्। तर, उनको च्याम्बर सैनिकले घेरिएको थियो। उनलाई धम्की दिइएको थियो। त्यहाँ पहिलैदेखि मानिसहरू हातमा कलम थमाएर उनको हस्ताक्षरको पखाईमा बसेका थिए। सबै कुरा पहिले नै तय गरिएको थियो।’

इतिहासकार गुआदलुपे भने सबै घटना एक जना मान्छेमाथि मात्र निर्भर नहुने हुँदा घटनाको विश्लेषण गर्न आवश्यक भएको बताउँछन्। उनी भन्छन्, ‘यो एउटा ठूलो षडयन्त्र थियो। र सत्य भनेको अमेरिकी राजदूत हेनरी एल. विल्सनको हस्तक्षेप वास्तवमा घृणा गर्न लायकको थियो।’

उक्त घटनापछि लस्कुरिन पनि निर्वासनमा गएका थिए। केही वर्षपछि पुनः मेक्सिको फर्किएका उनले जीवनका कैयौं वर्ष आफ्नो नाममा लागेको 'दाग' हटाउने कोसिसमा बिताएका थिए। 

बीबीसी हिन्दीमा प्रकाशित सामग्रीको भावानुवाद

प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
मंगोलियाका अपोजिटर हिटर अन्नपूर्ण स्पाइकरमा
नेपाल दूरसञ्चार प्राधिकरणले दियो २० थान स्याटेलाइट फोन
बलपूर्वक बेपत्ता पार्ने कार्य विरुद्धको अन्तर्राष्ट्रिय दिवसः बालेन सरकारलाई दण्डहीनता अन्त्य गर्ने अवसर
सम्बन्धित सामग्री
अमेरिकालाई तेलमा पहुँच दिए पनि सार्वभौमसत्ता नछाड्ने भेनेजुएलाको दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ‘विश्व इतिहासकै सबैभन्दा ठूलो तेल सम्झौता’ भनेको उक्त सम्झौताअन्तर्गत भेनेजुएलाको ६५ अर... आइतबार, भदौ १४, २०८३
नेपाललाई सहयोग गर्न गृहमन्त्री शाहलाई भारतीय राष्ट्रिय कांग्रेसको पत्र नेपालमा बुधबार आएको विनाशकारी बाढीले पुर्‍याएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै अध्यक्ष खर्गेले भारतीय राष्ट्रिय आपदा मोचन बलको... शनिबार, भदौ १३, २०८३
इक्वेडरका पूर्वराष्ट्रपति लेनिन मोरेनोलाई ५ वर्षको जेल सजाय त्रिहत्तर वर्षीय मोरेनो शारीरिक रूपमा अशक्त भएकाले हिँडडुल गर्न कठिनाइ हुने भन्दै अदालतले उहाँलाई घरमै नजरबन्दमा राखेर सजाय भोग्न आद... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
नेपाल दूरसञ्चार प्राधिकरणले दियो २० थान स्याटेलाइट फोन आइतबार, भदौ १४, २०८३
बलपूर्वक बेपत्ता पार्ने कार्य विरुद्धको अन्तर्राष्ट्रिय दिवसः बालेन सरकारलाई दण्डहीनता अन्त्य गर्ने अवसर आइतबार, भदौ १४, २०८३
सुरङभित्र फसेकाको उद्धार गर्न सेनाले ब्लास्टिङ गर्न थाल्यो आइतबार, भदौ १४, २०८३
तीन दिनपछि सुरुङको ‘क्राउन हेड’ भेटियो, उद्धार टोलीले बोलाउँदा आएन जवाफ आइतबार, भदौ १४, २०८३
भोटेकोशी बाढीबारे ओलीः एक्लै श्रेय लिन खोज्दा सरकार चुक्यो आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
कञ्चनपुर पुगेका दुई भारतीय प्रहरी नियन्त्रणमा शनिबार, भदौ १३, २०८३
सीमाक्षेत्रमा बनेको ताल १४ फुटबल मैदान बराबर, दोस्रो ताल पनि फेला आइतबार, भदौ १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्