१. अनुमोदन भएको एमसीसी कार्यान्वयन हुनुपर्ने एमालेको धारणा, व्याख्यात्मक घोषणा जनता झुक्याउने धन्दा भएको अध्यक्ष ओलीको दाबी, एमसीसी जस्तो विकास परियोजनाको नाममा विवाद मच्चाउन खोजिएको आरोप । (एमसीसीबारे एमालेको धारणा)
२. आफूहरुका कारण एमसीसी हुबहु पारित हुनबाट रोकिएको एकीकृत समाजवादीको दाबी, व्याख्यात्मक घोषणा केही होइन भन्नेहरु अज्ञानी भएको माधव नेपालको तर्क, एमसीसीमा एमालेले तमासा देखाएको आरोप । (एकीकृत समाजवादीको दाबी)
३. रुस–युक्रेन युद्धका कारण नेपालमा पनि इन्धनको मूल्य फेरी बढ्ने संकेत, दुई देशको युद्धको प्रभाव इन्धनमा नेपालले पनि भोग्नु परेको नेपाल आयल निगमको भनाइ । (इन्धनको मूल्य फेरि बढ्ने संकेत)
४. युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसले दर्जनौं मानिसको ज्यान जानेगरी गरिएको बमबारीलाई युक्रेनका राष्ट्रपतिले दिए युद्ध अपराधको संज्ञा, मास्डरकार्डद्वारा रुसबाट हुने कारोबार बन्द । (युक्रेनमा रुसको आक्रमण कायमै)
५. र, नेपाल सुपर लिग अक्सनका लागि खेलाडी सूची सार्वजनिक, ‘ए’ डिभिजन क्लबको सम्झौतामा रहेका खेलाडी अन्यमा आबद्ध हुन नपाउने, तीन श्रेणीका २४२ खेलाडीको सूची । (एनएसएलका लागि अक्सन सूची सार्वजनिक)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।