काठमाडौं- युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसले बमबारी गर्दा गैरसैनिकको ज्यान गएको छ।
खार्किभमा दर्जनौँ मानिसको ज्यान जानेगरी गरिएका बमबारीलाई युक्रेनका राष्ट्रपतिले युद्ध अपराध भनेका छन्।
सोमबार रुसले गरेको सन्दिग्ध क्लस्टर बम आक्रमणमा परी तीन बालबालिकासहित नौ गैरसैनिकको ज्यान गएको थियो।
खार्किभको केन्द्रमा भएको पछिल्लो क्षेप्यास्त्र हमलाभन्दा अगाडि टिप्पणी गर्दै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गैरसैनिकहरूलाई जानाजान निसानामा पारिएको प्रत्यक्षदर्शीहरूले बताएको जनाएका थिए।
यसैबीच अन्तर्राष्ट्रिय फौजदारी अदालतका मुख्य अभियोजनकर्ता करिम खानले रुसी अतिक्रमणबारे अनुसन्धान थालेका छन्। यसअघि उनले रुसले युक्रेनमा युद्ध अपराध वा मानवताविरुद्ध अपराध गरेको ठहर्ने ‘यथोचित आधार’ रहेको आफूलाई विश्वास भएको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।