काठमाडौं– मंगलबार सुनको मूल्य तोलमा ६ सय रुपैयाँले घटेको छ। अघिल्लो दिन तोलामा १६ सय रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँ कायम भएको सुन मंगलबार ९७ हजार ६ सय रुपैयाँमा खरिदविक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, आज तेजाबी सुन ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
सोमबार चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो।
दुई दिन लगातार ओरालो लागेको सुनको मूल्य सोमबार भने उकालो लागेको थियो। शुक्रबार र आइतबार २ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा पुगेको सुनको मूल्य सोमबार प्रतितोला १६ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार २ सय रुपैयाँ कायम भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।