फाइल तस्बिर
काठमाडौं– अष्ट्रेलियाले युक्रेनलाई पाँच करोड डलर बराबरको सैन्य सहयोग गर्ने बताएको छ। मंगलबार प्रधानमन्त्री स्कट मोरिसनले पाँच करोड डलर बराबरको घातक तथा गैर घातक सैन्य सहयोगअन्तर्गत युक्रेनलाई मिसाइल (क्षेप्यास्त्र) पठाउने बताएका हुन्।
‘हामीले गोलीगठ्ठा, क्षेप्यास्त्रको कुरा गरिरहेका छौं, उनीहरूको आफ्नै मातृभूमि युक्रेनको रक्षाका लागि सहयोग गर्ने कुरा गरिरहेका छौं,’ उहाँले पत्रकार सम्मेलनमा भने।
मानवीय सहायताअन्तर्गत युक्रेनी सरकार र विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थालाई थप दुई करोड ५० लाख डलर बराबरको सहायता उपलब्ध गराउनेसमेत उनले बताएका छन्।
रुसलाई आर्थिक रुपमा नाकाबन्दी गर्दै एक्लाउन अष्ट्रेलियाले सो सहयोग गर्न लागेको समाचारहरुमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।