काठमाडौं- अमेरिकाले १२ जना रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको छ।
अमेरिकी सरकारले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि कार्यरत १२ जना रुसी कूटनीतिज्ञलाई राष्ट्रिय सुरक्षाको कारण देखाउँदै देशनिकाला गरेको बीबीसीले जनाएको छ।
राष्ट्रसंघका लागि अमेरिकी नियोगले ती कूटनीतिज्ञलाई जासुस भन्दै पदको दुरुपयोग गरी उनीहरू जासुसीमा संलग्न रहँदै आएको बताएको छ। एक प्रवक्ताका अनुसार ती रुसी कूटनीतिज्ञलाई देशनिकाला गर्नेबारे महिनौँदेखि काम भइरहेको थियो।
राष्ट्रसंघका लागि लागि रुसी राजदूतले अमेरिकी कदमबाट राष्ट्रसङ्घीय सिद्धान्तहरूको गम्भीर उल्लङ्घन भएको बताएका छन्।
रुसले युक्रेनमाथि आक्रमण गरिरँदा अमेरिकाले यस्तो कदम चालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।