काठमाडौं- रुस र युक्रेनबीच वार्ताको तयारी गरिएको छ।
युक्रेनी र रुसी प्रतिनिधिहरूबीच बेलारुस-युक्रेन सीमामा पूर्वनिर्धारित समयभन्दा ढिलो गरी शान्तिवार्ता सुरु हुने जनाइएको बीबीसीले उल्लेख गरेको छ। तर, वार्तामा को-को सहभागी हुन्छन् भन्नेबारे खुलाइएको छैन।
बेलारुसी सरकारी सञ्चारमाध्यमले एउटा पूर्वनिर्धारित वार्तास्थलको तस्बिर छापेको समाचारमा जनाइएको छ। दुई पक्षबीच आइतवार नै वार्ता हुने तय भएको थियो। तर बन्दोबस्ती र सुरक्षाको कारणले ढिलो भएको किभले जनाएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताबाट सकारात्मक परिणाम आउनेमा विश्वास नभएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।