प्रतीकात्मक तस्बिर
काठमाडौं– युरोपियन युनियनले युरोपियन देशका आकाशमा रुसका उडानहरुमाथि प्रतिबन्ध लगाएको छ। युरोयिन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियोनले सो कुराको जानकारी दिएका हुन्। उनले रुसका सबै प्रकारका उडानलाई बन्द गराइएको आइतबार विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
‘हामीले रुसका सबै प्रकारका उडानहरु, रुसी एयरलाइन्सका जहाजहरु र रुसबाट उडेका सबै प्रकारका जहाजलाई युरोपियन देशका आकाशमा बन्द गराएका छौं,’ उनले भनेका छन्, ‘रुसी सैनिक अपरेसनका कारण धेरै विमान उडेका र ती विमान युक्रेनमा हमला गर्नका लागि पुगेका भन्दै त्यसमा प्रतिबन्ध लगाइएको हो।’
रुसले युक्रेनमाथि आक्रमण गरेको आज पाँचौं दिन पनि रुसी सैनिकहरू युक्रेनको राजधानी किभ सहरमा छन्। राजधानी किभका सबैतर्फबाट रुसी सेनाले घेरा हालेको युक्रेनले जनाएको छ। यहाँका नागरिकहरुले सामाजिक सञ्जालमा राखेका भिडिओहरूमा रुसी सेनाका टयांकरहरु युक्रेनको राजधानी किभमा गुडिरहेको देखिएको छ।
युक्रेनमाथि गरेको सो आक्रमणको विरोधस्वरुप युरोपियन युनियनले रुसका विरुद्धमा यो प्रतिबन्ध लगाएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।