काठमाडौं- युरोपियन युनियन ऊर्जाका लागि रूसमाथि निर्भर छ। रूसको राजस्व पनि ग्यासको विक्रीबाट चल्छ। यो दुई तथ्यलाई अलग गर्न सकिँदैन।
युक्रेनमाथि आक्रमणपछि ईयुले रूसमाथि कतिपय प्रतिबन्ध लगाएको छ। गत हप्ता ईुका नेताहरुले रूसको केन्द्रीय बैंक र रूसी विमानका लागि आफ्नो हवाइ क्षेत्रमा प्रतिबन्ध लगाए।
यसका अलावा ईयुले युक्रेनमा हतियार पनि पठाइरहेको छ। तर रूसका लागि जर्मनीद्वारा ग्यास पाइपलाइनको मञ्जुरीको निलम्बन गरिएको छैन। ईयूले अहिलेसम्म ऊर्जा आपूर्ति चाहिँ रोकेको छैन।
युरोपमा ऊर्जाको मूल्यमा व्यापक वृद्धि भएको छ भने आपूर्ति कम हुनासाथ महँगीले आकाश छुनसक्ने कुरा भ्लादिमिर पुटिनलाई पनि थाहा छ। ब्रसल्सलाई अहिले के छ भने मस्कोले ऊर्जा आपूर्ति घटाएर वा रोकेर जबाफी कदम चाल्न सक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।