काठमााडौं– ग्रीन भेन्चर्स लिमिटेडले फागुन २ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि निष्कासन गरेको आईपीओमा अब फागुन २३ गतेसम्म आवेदन दिन सकिने भएको छ।
कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो। कम्पनीले आयोजना प्रभावित क्षेत्र ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका १, २ र ३, लिखु गाउँपालिका ९, रामेछापको लिखु तामाकोशी गाउँपालिका १ र २ र उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेको हो।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
आईपीओमा लक्ष्मी बैंकको मन्थली शाखा, नेपाल इन्भेष्टमेन्ट बैंकको धोबिबजार, आयोजना स्थल र मेगा बैंकको खिजिदेम्बा तथा मन्थली शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।