काठमाडौं– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना रक्षा प्रमुखहरूलाई देशका आणविक ‘प्रतिरोधक बल’ उच्च सतर्कतामा राख्न आदेश दिएका छन्।युक्रेनमाथि रूसको आक्रमणबाट अन्तर्राष्ट्रिय तनाव बढिरहेका समयमा आइतबार पुटिनले यस्तो आदेश दिएको समाचारहरुमा उल्लेख छ।
मस्कोमा आणविक हातहतियार र ब्यालेस्टिक मिसाइलहरूको विश्वकै दोस्रो धेरै भण्डार छ, जुन देशको प्रतिरोध बलको मेरुदण्ड बनेको छ। ‘म रक्षा मन्त्री र रूसी सशस्त्र फौजका जनरल स्टाफका प्रमुखलाई रूसी सेनाका प्रतिरोध बलहरूलाई युद्ध सेवाको विशेष मोडमा राख्न आदेश दिन्छु,’ उनले टिभी सन्देशमा भनेका छन्, ‘तपाईंले देख्नुभयो कि पश्चिमी देशहरू आर्थिक क्षेत्रमा हाम्रो देशप्रति ‘अमित्रवत’ मात्र छैनन्। मेरो मतलब रूसमाथि उनीहरूले लगाएको प्रतिबन्ध अवैध हो।’
उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का सदस्य मुलुकका वरिष्ठ अधिकारीहरूले पनि रुसविरुद्ध आक्रामक बयान दिन अनुमति दिन सक्ने भएकाले सो आदेश जारी गरिएको उनको भनाइ थियो।
पश्चिमी स्रोतका अनुसार रूसी स्थल सेना उत्तर, पूर्व र दक्षिणबाट यूक्रेनमा घुसेका छन्। रूसीे सेना आक्रमणको एक दिनमै युक्रेनको राजधानी किभ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।