काठमाडौं– युक्रेनले आफ्नो मुलुकविरूद्ध बिहीबार सुरु भएको रूसी सैनिक परिचालनलाई लिएर न्यायका लागि ‘द हेग’को अन्तर्राष्ट्रिय न्यायालयलाई अघि सारेको छ।
रूसलाई ‘आक्रमण’ रोक्न आदेश दिन उच्च अदालतलाई आग्रह गरेको हो। ट्वीटरमा यस बिषयबारे जानकारी गराउँदै युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भने,‘युक्रेनले रूसविरुद्ध आफ्नो आवेदन अन्तर्राष्ट्रिय अदालत (आईसीजे)मा पेस गरेको छ। आक्रामक गतिविधिबारे सफाइ दिन जातीय संहारको धारणालाई छलकपट गरेकोमा रूसलाई जवाफदेही ठहर्याउनुपर्छ। हामीले आइसीजेसँग रूसलाई अहिले नै सैन्य गतिविधि बन्द गर्न र अर्को हप्ता मुद्दामा सुनुवाई हुनेगरी तत्काल निर्णय गर्न अनुरोध गर्छौं।’
युक्रेनले द हेगस्थित संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय न्यायलयमा आधिकारिक रूपमा रूसविरुद्ध मुद्दा दायर गरेको हो। आक्रामण र जातीय संहारको अवधारणालाई विकृत गरेकोमा रूसलाई जवाफदेही ठहर्याउन युक्रेनले माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।