काठमाडौं– मेक्सिकन ओपन टेनिसको उपाधि राफायल नाडालले जितेका छन्।
आइतबार भएको फाइनल खेलमा बेलायती नम्बर १ क्यामरोन नोरीलाई सोझो सेटमा पराजित गर्दै स्पेनिस खेलाडी नाडालले उपाधि जितेका हुन्।
नाडालले नोरीलाई ६–४ र ६–४ को सेटमा पराजित गरे।
नाडालले सन् २०२२ मा खेलेका तीनवटै प्रतियोगिताको उपाधि जितेका छन्। समग्रमा नाडालको यो ९१औं उपाधि हो।
यसैवर्ष अस्ट्रेलियन ओपनको उपाधि जित्दै उनी २१ पटक ग्रान्ड स्लाम जित्ने पहिलो खेलाडी बनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।