काठमाडौं– गत साता नेप्से परिसूचक साढे २ प्रतिशतभन्दा बढी घटेको छ। अघिल्लो साता २७३२.५१ विन्दुमा बन्द भएको नेप्से, गत साता ७१.०७ अंक घटेर २६६१.४४ विन्दुमा पुगेको छ।
यस साता नेप्से उकालो लागेमा २९०० विन्दुमा प्रतिरोधको सामना गर्नेछ भने ओरालो लागेमा भने २५०० विन्दुमा टेवा पाउने प्राविधिक विश्लेषणबाट देखिन्छ।
गत साताको बजारलाई मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा र एमसीसीले प्रभावित गरेको छ। यस साताको बजारलाई पनि यी दुई कुराले प्रभावित गर्न सक्नेछ।
यस साता नेप्सेसँगै भोल्यूम पनि घटेको छ। यस साता दैनिक औसतमा ३ अर्ब ५४ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यससँगै नेप्सेको २० दिने औसत भोल्यूम ४ अर्ब ५१ करोड रुपैयाँ रहेको छ। नेप्सेको २० दिने औसत भोल्यूमको तुलनामा दैनिक औसत भोल्यूम २१.५६ प्रतिशत कम हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।