काठमाडौं – युक्रेनमा रुसी सेनाको आक्रमणपछि भएको भिडन्तका क्रममा हालसम्म १९८ जना युक्रेनीको मृत्यु भएको छ।
युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर ल्यास्कोले कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको पुष्टि गरेको समाचारहरुमा उल्लेख छ। मारिएका मध्ये तीन जना बालबालिका पनि रहेको उनले जानकारी दिएका छन्।
सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले दिएको जानकारी अनुसार मृतकको संख्या अझ धेरै हुन सक्ने सम्भावना छ।
पछिल्लो तीन दिनदेखिको भिडन्तका क्रममा १ हजार ११५ जना घाइते भएको अधिकारीहरूले जनाएका छन्। घाइते भएका बालबालिकाको संख्या भने ३३ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।