काठमाडौं- युक्रेनको रक्षामन्त्री बेन वालेसले राजधानी किएभ नजिकै रुसी सेना बोकेको विमानलाई गोली हानेर खसालेको दाबी गरेका छन्।
यद्यपी, उनको यो दाबी पुष्टि भइसकेको छैन। साथै, यसबारे रुसको रक्षा मन्त्रालयबाट कुनै प्रतिक्रिया आएको छैन।
युक्रेनको रक्षा मन्त्रालयले एक फेसबुक पोस्टमा भनेको छ,‘युक्रेनी एसयू–२७ लडाकु विमानले रुसी सेनाको आईएल–७६ एमडी विमानलाई रोकेर खसालेको छ।’
मन्त्रालयका अनुसार विमानलाई स्थानीय समय अनुसार १२ः३० मा खसालिएको थियो। यो रुसी विमानले किएभको क्षेत्रमा अवतरण गर्ने प्रयास गरिरहेको बताइएको छ।
दुर्घटनाग्रस्त आईएल–७६ एमडी विमानमा ६ देखि ७ जना चालक दलका सदस्यसहित १६७ सैनिक बोक्ने क्षमता रहेको विमान निर्माता कम्पनीले जनाएको छ।
युक्रेनी सेनाका कमाण्डर लेफ्टिनेन्ट भ्यालेरी जालुझिनीले फेसबुकमा लेखेका छन्,‘ यो २०१४ को लुहान्स्कको बदला थियो।’ उनले आठ वर्षअघि ४० जना प्याराट्रूपर्स बोकेको युक्रेनी विमान खसालेको सम्झना गरेका हुन्।
यसबीच रुसी सेनाका प्रवक्ता मेजर जनरल इगोर कोनाशेन्कोभले शनिबार युक्रेनमा भएको आक्रमणमा कुनै रुसी हताहत नभएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।