काठमाडौं- पछिल्लो २४ घण्टामा थप १५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ५,१५२ को नमुना परीक्षण गर्दा १५५ जनामा संक्रमण पुष्टि भएको हो।
२,२३९ पीसीआर परीक्षणका क्रममा १०१ जना र २,९१३ एन्टीजेन परीक्षणका क्रममा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
यस्तै, कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ। त्यस्तै, थप ५४० संक्रमित निको भएका छन्। मन्त्रालयका अनुसार हालसम्म नेपालमा ९ लाख ५५ हजार ९ सय ९८ जना निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।