काठमाडौं- युक्रेनको राजधानी सहर किभमा शनिबार बिहानैदेखि भीषण संघर्ष जारी रहेको छ। युक्रेनको समाचार एजेन्सी इन्टरफ्याक्सले किव प्रशासनलाई उदृत गर्दै जनाए अनुसार त्यहाँको सडकमा रुससँगको युद्ध छेडिएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार शनिबार बिहान राजधानी किभमा ठूलो मात्रमा बम विस्फोट र गोलीहरुको आवज सुनिएको छ।
युक्रेनको समाचार वेबसाइट कीएव इन्डिपेन्डेन्टका अनुसार राजधानीमा ५० भन्दा धेरै विस्फोट र ठूलो मात्रामा मेसिन गन चलेको सूचना आएको छ।
किभमा प्रशासनले भनेको छ, ' हाम्रो मुख्य शहरको सडकमा अहिले युद्ध सुरु भइट्ठकेको छ।'
प्रशासनले नागरिकलाई घरभित्रै बस्न र झ्याल ढोका बन्द गर्न र झ्यालबाट नहेर्न तथा कौशीमा ननिस्कन भनेको छ।
युक्रेनको सेनाले पश्चिम तिरको मुख्य बाटोमा भइरहेको आक्रमणलाई असफल बनाएको जनाएको बीबीसीले उल्लेख गरेको छ।
युक्रेनको सेनाले सैनिक ल्याउँदै गरेको रुसी हवाइ जहाजलाई खसालेको दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।