काठमाडौं- रुसले आक्रमण गरेको भए पनि युक्रेनले मुख्य सहरहरूमा आफ्नो नियन्त्रण रहेको दाबी गरेको छ।
बिहीबारबाट युक्रेनमा आक्रमण थालेको रुसी सुरक्षाफौज युक्रेनको राजधानी नजिक पुगेको जनाइएको छ। कतिपय स्थानहरुमा रुसी सेनाले नियन्त्रण कायम गरेको समाचारहरु सार्वजनिक भइरहँदा युक्रेनले भने मुख्य शरमा आफूहरुको नियन्त्रण रहेको जनाएको छ।
रुसी सेना विभिन्न मोर्चामा अघि बढिरहेको भएपनि युक्रेनी सुरक्षाकर्मीले प्रतिकार गरेको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ।
संयुक्त राष्ट्रसङ्घका महासचिवले रुसी सेनालाई ब्यारेकमा फर्किन आग्रह गरेका छन्।
किएभमा रात्रि कर्फ्यू लगाइएको थियो भने ठूलो सङ्ख्यामा मानिसहरूले मेट्रो स्टेशनमा आश्रय लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।