• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १७, २०८२ Sat, Jan 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

'खेलकुदलाई अतिरिक्त होइन, शिक्षाको मूल विषय बनाइन्छ'

64x64
नेपाल लाइभ शनिबार, फागुन १४, २०७८  ०७:४४
1140x725

काठमाडौं- खेलकुदलाई अतिरिक्त क्रियाकलाप मात्र  भन्ने बुझाई, सोच र चिन्तनमा ठूलो परिवर्तनको खाँचो औँल्याइएको छ।खेलकुदलाई अब शिक्षाको मूल विषय बनाएर आयआर्जनसँग जोड्न र व्यावसायिकततातर्फ उन्मुख गराउन पर्ने टड्कारो आवश्यकता देखिएको हो। युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सरकार, समाज, विद्यालय र घरपरिवारमै खेलकुदप्रतिको बुझाइ, सोच र व्यवहारमा परिवर्तनको खाँचो औँल्याए। 

राष्ट्रको इज्जत, प्रतिष्ठा र गौरव भनिए तापनि खेलकुद क्षेत्रलाई समाजमा  बाटो विराएको विधाका रुपमा हेरिने गरिएको छ। अध्ययनभन्दा खेलमा रुचि देखाउने बालबालिकालाई घर परिवारमात्र होइन, विद्यालय र समाजबाट समेत नकारात्मक भाव राख्ने प्रवृत्ति कायम नै छ। यस्ता चेतनाले खेलकुदको विकास र विस्तारमा अवरोध खडा गरेको छ।उनले भने, “खेलकुदप्रतिको बुझाइमा पछिल्ला समय केही परिवर्तन आए तापनि राज्यले खेललाई शिक्षासँग अझै जोड्न सकेको देखिन्न। शिक्षा प्रमुख खेल अतिरिक्त भन्ने समाजको बुझाइमा सच्याउन जरुरी छ।”

शिक्षालाई  जागिर खाने, व्यवसायमा प्रवेश गरी आर्जन गर्ने माध्यमका रुपमा  बुझिन्छ भने खेलकुदलाई व्यक्ति विशेषका रुचिसँग मात्रै हेरिएको छ। अभिभावकले मात्र हैन शिक्षकले समेत खेलिरहेका बालबालिकालाई हप्काउने प्रवृत्तिले खेल क्षेत्रकै विकासमा बाधा अड्चन खडा गरेको छ। आफ्ना बालबालिका खेल विधामा प्रवेश गरेको भनी गौरव गर्ने अवस्था अझै समाजमा विकसित भइसकेको देखिन्न, जुन चिन्तनमा अब व्यापक सुधारको खाँचो छ।
  
शक्तिशाली र आर्थिक पाटोबाट समृद्ध मुलुकका उच्च ओहोदाका व्यक्तिको तुलनामा  खेलाडीप्रतिको इज्जत, प्रतिष्ठा र सम्मान माथि छ। ब्राजिल, जर्मन, स्पेन, बेल्जियम, डेनमार्क, क्यामरुन, अर्जेन्टिना, इटालीलगायतका मुलुकमा खेलाडीको हैसियत संसारका कुनै राजनीतिक खेलाडीभन्दा कमजोर छैन।

दक्षिण एसियाली मुलुककै कुरा गर्दा पनि यस क्षेत्रका क्रिकेटप्रतिको सम्मान कुनै राजनेताभन्दा बलियो छ। युरोपेली र अफ्रिकी देशमा फुटबल खेलाडीप्रति लोकप्रियता अझ शिखरमा छ। विश्व वरियातामा रहेका क्रिकेट होस् वा फुटबल खेलका चर्चित खेलाडी युवापुस्तका लागि मात्र होइन, हाम्रै मुलुकका कयौँ पुराना नेताका फ्यान छन्। विश्वका प्रमुख खेलाडीको नाम अहिलेको युवा पुस्तामा मुखाग्र छ, तर त्यही देशका राजा, राष्ट्रपति वा प्रधानमन्त्रीको नाम जान्दैनन्, चिन्दैनन्। कुनै मुलुक विशेषभन्दा खेल रङ्गशाला र मैदानको नाम कण्ठस्थ छ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज बताउँछन् , “राज्यको उच्च प्राथमिकतामा राखिनुपर्ने खेलकुद क्षेत्रलाई आवश्यकताका आधारमा नभई दयाका आधारमा बजेट छुट्याइने गरेकोप्रति गम्भीर असहमति छ। खेलकुदप्रतिको बुझाइमा व्यापक परिवर्तन ल्याउनपर्छ।” राजनीतिक दलले खेलाडीलाई सत्तामा पुग्ने भर्‍याङकारुपमा प्रयोग गर्दै आएको समेत आरोप छ।

Ncell 2
Ncell 2

मुलुकमा अरु क्षेत्र जस्तै खेलकुदमा पनि राजनीतिक हस्तक्षेप चुलिएका कारण प्रतिभाशाली  खेलाडी अवसर प्राप्तिमा ओझेलमा पर्ने गरेको घटना सुनिँदै आएको छ। राजनीतिक हस्तक्षेपकै कारण कतिपय प्रतिभावान खेलाडीको मनोबल घटाएको छ, कमजोर तुल्याएको छ। खेलकुद विधामा लागेकै कारण हाम्रै कतिपय नेपाली खेलाडी विश्वमा कहलिएका छन्। विभिन्न देशका रङ्गशाला हुन वा खेल मैदानमा मुलुकको शान राष्ट्रिय झण्डा फहराउने र राष्ट्रिय गान घन्काउने अवसर खेल विधाले मात्रै प्रदान गर्दैआएको छ।

खेलकुदका लागि पूर्वाधार, प्रतिभाशाली खेलाडी छनोट र प्रतियोगिता आवश्यक शर्त मानिन्छ। खेल विधा र खेलाडीको महत्व समाजलाई मात्र होइन, सरकारलाई पनि बुझाउन जरुरी छ। मुलुकको खेलकुद क्षेत्रको बजेट विनियोजनको परम्परागत ढर्राले न खेल नत खेलाडीलाई नै प्रेरित गर्न सकेको छ। खेलकुद विधालाई आकर्षित गर्न यसलाई पेसा व्यवसाय बनाएर आयआर्जन गर्न सकिन्छ भन्ने मान्यता र मानसिकता स्थापित गर्न आवश्यक देखिएको छ।

विश्वका धेरै देशमा पर्यटक भित्र्याउने र आर्थिक उपार्जन गर्ने मुख्य माध्यम नै खेलकुद बनिरहेको छ। खेलकुदले मानिसलाई समूहमा काम गर्न र समयको महत्व सिकाउँछ। खेलकुदको विकासमा रेफ्री र प्रशिक्षकको पनि ठूलो हात रहन्छ। खेलकुद क्षेत्रमा लागेर आयआर्जन गरेको विगतमा हामी कहाँ उदाहरण नभए पनि पछिल्ला समय कयाँै खेलाडी विभिन्न क्लबमा अनुबन्धन  हुनु  यस क्षेत्रका लागि सफल उदाहरण हो।

सचिव रेग्मी भन्छन्, “विद्यालयस्तरबाटै खेलकुद र पढाइलाई सँगसँगै लैजानुपर्छ। खेलकुदसग सम्बन्धित विद्यालय, एकेडेमी र विश्वविद्यालय खोल्न पर्छ। पढाइमा सबै विद्यार्थीको एउटैस्तर हुँदैन। कुन कक्षाबाट कुन विद्यार्थीलाई कसरी खेलसँग जोड्ने भनी स्पष्ट नीति ल्याउनुपर्छ।” प्रतियोगिता र प्रतिस्पर्धा नहुँदा प्रयोग गर्न नपाएर विद्यार्थीबाट खेल्नेमात्र काम भएको बताउँदै उहाँले विद्यालय तहमै खेलकुदका गतिविधि र प्रतिस्पर्धा बढाउन अब बालबालिकाका लागि खेल प्रतियोगिता हुन पर्‍यो, त्यसका लागि मन्त्रालयले कार्ययोजना बनाउने तयारी गरेको छ।

बालबालिका तहमै खेलकुदलाई प्रवद्र्धन गर्ने हेतुले ओलम्पिकमै पनि चिल्ड्रेन विधा जोडी सकिएको छ। मुलुकका बालबालिका र युवा जनशक्तिलाई खेलकुद क्षेत्रमा प्रेरित गर्न तलबभत्ता, पुरस्कार र पेन्सन सुनिश्चित गर्न सल्लाह दिइएको छ। खेलकुद विधालाई शिक्षासँग आबद्ध गर्न, आयआर्जनका लागि पेसा÷व्यवसायसँग जोड्ने तथा खेलकुद विद्यालय नै खोल्न विज्ञको सुझाव छ।

प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८  ०७:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काँग्रेस महामन्त्री पौडेलले थाले नीति निर्माणबारे सुझाव संकलन
प्रधानमन्त्री बन्नेतिर मेरो ध्यान छैन: प्रचण्ड
अधुरा विकास योजनाको काम पूरा गर्ने लक्ष्यसहित निर्वाचनमा सहभागी भएको महेश बस्नेतको दाबी
सम्बन्धित सामग्री
थाइल्याण्डमा लुम्बिनी-नेपाल म्याराथन हुने कार्यक्रमका लागि थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर वलीको संरक्षणमा, उपनियोग प्रमुख मोतिबहादुर श्रीशको संयोजकत्वमा थाइल्याण्डम... सोमबार, मंसिर २२, २०८२
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्वधावक जीतबहादुर केसीलाई २५ लाख नगद पुरस्कार दिन मन्त्रिपरिषद्मा सिफारिस गर्ने... बुधबार, कात्तिक १९, २०८२
काभा महिला यू–१९ च्याम्पियनसिपमा नेपालले आज कीर्गिस्तानसँग प्रतिस्पर्धा गदै श्रीलंकामा आज सुरु हुने च्याम्पिनसिपको पहिलो खेलमा नेपालले साँझ सवा ५ बजे प्रतिस्पर्धा गर्न लागेको हो। त्यसअघि आजै आयोजक श्रीलंका र... मंगलबार, कात्तिक १८, २०८२
ताजा समाचारसबै
बालेनलाई ओलीको कटाक्ष : बतासका खेती गरिरहेका छन् शनिबार, माघ १७, २०८२
वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि शनिबार, माघ १७, २०८२
काँग्रेस महामन्त्री पौडेलले थाले नीति निर्माणबारे सुझाव संकलन शनिबार, माघ १७, २०८२
प्रधानमन्त्री बन्नेतिर मेरो ध्यान छैन: प्रचण्ड शनिबार, माघ १७, २०८२
अधुरा विकास योजनाको काम पूरा गर्ने लक्ष्यसहित निर्वाचनमा सहभागी भएको महेश बस्नेतको दाबी शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
खगेन्द्र सुनारको विवादित अभिव्यक्तिपछि रास्वपाले दियो जवाफ शुक्रबार, माघ १६, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
अमेरिकामा रहेका नेपालीलाई कानुनविपरीत सहुलियत नलिन दूतावासको अपिल शुक्रबार, माघ १६, २०८२
काँग्रेसले विगतका सकारात्मक अभ्यास आत्मसात् गर्दै कमजोरी त्यागिसकेको गगन थापाको दाबी शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्