एजेन्सी–युक्रेनमा आक्रमण गरेको रुसले सामाजिक सञ्जाल फेसबुकको प्रयोगमा आशिंक प्रतिबन्ध लगाएको छ।
रोयटर्सका अनुसार स्टेट कम्युनिकेशन रेग्युलेटर रोसकोम्राडजोन्रले समाचार एजेन्सी, रक्षा मन्त्रालयको टेलिभिजन र वेवसाइटमा लगाएको सेन्सर हटाउन अनुरोध गरेको भए पनि फेसबुकले वेवास्ता गरेको दाबी गरेको छ।
मेटाका उपाध्यक्ष निक क्लेगले फेसबुकले रुसी अधिकारीको चार मिडिया संगठनको तथ्य जाँच रोक्न गरेको अनुरोध अस्वीकार गरेको पुष्टि गरेका छन्।
रुसले लामो समयदेखि इन्टरनेटमा नियन्त्रण गर्ने प्रयास गरिरहेको छ।
पहुँचमा आंशिक सीमितता के हुनेछ भन्नेबारे स्पष्ट हुन सकेको छैन। तर यो गत वर्ष ट्विटरमा पहुँच कम गर्न सरकारको कदम जस्तै हुन सक्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।