काठमाडौं- युक्रेनमा रुसले गरेको आक्रमणको आज दोस्रो दिन हो। युक्रेनको रक्षा मन्त्रालयले रुसी सेना राजधानी किएभमा प्रवेश गरेको जनाएको छ।
रुसको यो आक्रमणविरुद्ध पश्चिमी देशहरु एकजुट भएका छन् भने चीनले यस मामिलामा केही बोलेको छैन। शुक्रबार चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोनवार्ता भएको थियो।
चिनियाँ सरकारी टेलिभिजन च्यानल सीसीटीभीका अनुसार राष्ट्रपति सीले पुटिनलाई युक्रेन संकट वार्ताको माध्यमबाट समाधान गर्ने प्रयासमा चीनले रुसलाई समर्थन गरेको बताएको छन्।
यसअघि चिनियाँ विदेश मन्त्रालयले युक्रेनमा रुसको आक्रमणलाई ‘आक्रमण’ भन्न अस्वीकार गरेको थियो।
बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ताले चीनले सबै देशको क्षेत्रीय अखण्डताको सम्मान गर्ने र रुसको सुरक्षा चासोलाई बुझेको कुरा दोहोर्याए।
प्रवक्ताले भने,‘चीन अझै पनि युक्रेनलाई वैध राज्यको रूपमा मान्यता दिन्छ र युक्रेनको लागि राजनीतिक समाधानको ढोका अझै बन्द भएको छैन भन्ने विश्वास गर्दछ।’
युक्रेनका डोनेट्स्क र लुहान्स्क राज्य रुसी समर्थित पृथकतावादीहरूको नियन्त्रणमा छन्। पुटिनले यी दुई क्षेत्रलाई छुट्टै स्वतन्त्र राज्यको रूपमा मान्यता दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।