काठमाडौं- युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले चालेको कदमको तुलनामा युरोपेली नेताहरूको कार्य अपर्याप्त रहेको बताएका छन्।
राजधानी किएभमा रहेको आफ्नो कार्यालयबाट सम्बोधन गर्दै भने उनले द्वितीय विश्वयुद्ध जस्तै भइरहेको र यसलाई रोक्न युरोपेली नेताहरूले गरेको कार्य अपर्याप्त रहेको बताए।
‘द्वितीय विश्वयुद्ध जस्तै भइरहेको छ। तपाईंहरुले भन्नुहुन्थ्यो यो फेरि कहिल्यै हुनेछैन, तर यो यहाँ फेरि भइरहेको छ र तपाईंले यसलाई रोक्न पर्याप्त कदम चाल्नु भएको छैन,’ जेलेन्स्कीले सैन्य वर्दीमा सम्बोधन गर्दै भने।
जेलेन्स्की यदि युरोपेली नेताहरूले चासो दिए रुसी आक्रमण रोक्न सकिने बताए। उही समयमा, युक्रेनका राष्ट्रपतिले जेलेन्स्की युरोपेली संघका नागरिकहरूलाई आफ्नालाई घचघच्याउन देशभित्र प्रदर्शन गर्न अपील गरेका छन्।
युक्रेनका राष्ट्रपतिले एकपछि अर्को गर्दै विभिन्न देशका राष्ट्र प्रमुखसँग सम्पर्क गर्दै युक्रेनको अवस्थाबारे जानकारी दिइरहेका छन्। साथै, रुसमाथि कडा प्रतिबन्ध लगाउन माग गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।