काठमाडौं- युक्रेनको राजधानी किएभबाट उत्तरपश्चिममा अवस्थित बुखाको एउटा आवासीय क्षेत्रमा क्षेप्यास्त्र प्रहार भएको छ।
शुक्रबार आवासीय क्षेत्रमा क्षेप्यास्त्र प्रहार भएको हो। युक्रेनले राजधानीको उत्तरी भेगमा रुसी सेना प्रवेश गरेको बताएपछि क्षेप्यास्त्र प्रहार भएको हो।
यता, युक्रेनको रक्षा मन्त्रालयले उमेरको वास्ता नगरी सबैलाई सेनामा भर्ती हुन भन्दै पुनः ट्वीट गरेको छ। सैन्य कमान्डर युरी गलुश्किनलाई हवाला दिँदै विज्ञप्तिमा जारी गरिएको छ।
‘आज युक्रेनलाई सबै थोक चाहिएको छ। सेनामा भर्ती हुने सबै प्रक्रिया सरल बनाइएको छ,’ विज्ञप्तिमा भनिएको छ,‘आफ्नो पासपोर्ट र पहिचान खुल्ने नम्बर मात्र लिएर आउनुहोस्। उमेरको कुनै छेकबार छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।