काठमाडौं- बेलायतका रक्षामन्त्री बेन वालेसले युक्रेनमा सैन्य कारबाहीका क्रममा ४५० रुसी सैनिक मारिएको दाबी गरेका छन्।
बेलायतको न्यूज च्यानल स्काई न्यूजसँगको कुराकानीमा रक्षामन्त्री वालेसले उक्त दाबी गरेका हुन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूरै युक्रेनमाथि आक्रमण गर्न चाहेको उनले बताएका छन्। यी सबैका बाबजुद रुस आफ्नो कारबाहीमा निकै पछाडि रहेको उनको भनाइ छ।
उनले भने,‘रुसले आफ्नो विशेष सेनाको सहयोगमा युक्रेनको एउटा महत्त्वपूर्ण विमानस्थललाई नियन्त्रण गर्न चाहन्छ। तर, सत्य यो हो कि रुस यसमा असफल भएको छ र युक्रेनले यसलाई आफ्नो नियन्त्रणमा लिएको छ।’
रुसको ठूलो दाबी गलत साबित भएको उनले बताए। ‘युक्रेनले जनतालाई मुक्त गर्नेछ र उनले आफ्नो अभियानलाई समर्थन गर्नेछन् भन्ने राष्ट्रपति पुटिनले सोचेका थिए। तर, यो सबै गलत साबित भएको छ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।