काठमाडौं- रुसले २४ घण्टामा ३३ वटा गैरसैनिक स्थलमा बमबारी गरेको युक्रेनले जनाएको छ।
युक्रेनी आन्तरिक मामिला मन्त्रालयका एक अधिकारीले रुसी सेनाले दर्जनौँ गैरसैनिक स्थललाई निसाना बनाइरहेको जनाएको बीबीसीले उल्लेख गरेको छ।
'गैरसैनिक स्थलहरूमा आक्रमण नगरेको रुसीहरूले दाबी गरेका छन्। तर गत २४ घण्टामा ३३ वटा गैरसैनिक स्थलमा हमला भएको छ' भेडिम देनिसेन्कोले समाचारसंस्था रोयटर्ससँग भने।
रुसी फौज तीव्र रूपमा उत्तर, पूर्व र दक्षिणतिरबाट राजधानी किभतर्फ बढिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।