काठमाडौं– नेपाल राष्ट्र बैंकले काम नलाग्ने पैसाबाट ब्रिकेट (गुइँठा) बनाउने मेसिन ल्याएको छ। राष्ट्र बैंकले काम नलाग्ने नोटहरु नष्ट गर्नका लागि अत्याधुनिक मेसिन ल्याएको हो।
यसअघि आगोले जलाएर नोटहरु नष्ट गर्ने गरिन्थ्यो। अब ती नोटबाट ब्रिकेट उत्पादन हुनेछ। यस्ता गुइँठाहरु आगो ताप्न प्रयोग गर्न सकिनेछ।
नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्ने उद्देश्यकासाथ बैंक नोट सेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) को विराटनगर कार्यालयमा सञ्चालनमा ल्याइएको छ।
शुक्रबार गभर्नर महाप्रसाद अधिकारीले बीएसबीएस मेसिनको उदघाट्न गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।