काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनको मूल्य तथा चाँदीको मूल्य घटेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर ९८ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार छापावाल सुनको मूल्य तोलामा २५ सयलेबढेर ९९ हजार रुपैयाँमा कारोबार भएको थियो। महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय कायम भएको छ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयँले घटेको छ। आज चाँदी प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन चाँदी १३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।
महासंघले अन्तर्राष्ट्रिय बजारमा मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ सुन तथा चाँदीको दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस १९१३.७२ डलर छ भने चाँदी २४.३३ डलरमा कारोबार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।