१. संसद बैठक स्थगित भएपछि नेताहरूको भेटवार्ता तीव्र, प्रचण्डले केपी ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईको दाबी । ( ओलीलाई प्रचण्डको प्रधानमन्त्री प्रस्ताव)
२. गठबन्धन टुटे पनि एमसीसी पारित गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको अडान, एमसीसीलाई कुनै पनि हालतमा अनुमोदन नगर्ने प्रचण्डको जवाफ, जबर्जस्ती अनुमोदन गरिए सडकमा जाने चेतावनी । ( संकटमा सत्ता गठबन्धन)
३. गठबन्धन धरापमा परिसकेको नेपाली कांग्रेसका महामन्त्री गगन थापाको दाबी, परिस्थिति हेरेर भोलिसम्म सरकारबाट बाहिरिने एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको धारणा । (सरकारबाट बाहिरिने खनालको संकेत)
४. रुसी आक्रमणबाट अहिलेसम्म आफ्ना ४० जनाभन्दा बढी सैनिक मारिएको युक्रेनको दाबी, युक्रेनद्वारा सबै यात्रुवाहक विमानको उडान बन्द, अवकाश प्राप्त सैनिकलाई ‘हतियार दिइने’ । ( युक्रेनद्वारा सबै विमानको उडान बन्द)
५. र, एएफसी एसियन कप–२०२३ को छनोटअन्तर्गत तेस्रो चरणमा नेपाल कठिन समूहमा, इन्डोनेसिया, जोर्डन र कुवेतसँगै समूह ए मा, यस समूहको सबै खेल कुवेतमा हुने । ( नेपाल समूह ए मा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।