काठमाडौं- रुसी सेनाले युक्रेनमा सैन्य कारबाहीबारे एक विज्ञप्ति जारी गरेको छ, जसमा धेरै दाबी गरिएको छ।
युक्रेनमा कारबाहीहरू डोनबासका पृथकतावादी क्षेत्रहरूलाई जोगाउनका लागि गरिएको उसको दाबी छ। यी क्षेत्रमा युक्रेनी सेनाले आक्रमण गरेको रुसले जनाएको छ।
उक्त आक्रमणमा आफ्नो सैन्य आधार शिविरलाई लक्षित गरहेको रुसको दाबी छ। यद्यपि, जबाफी कारबाहीमा युक्रेनी सैनिकहरु हतियार लिएर भागिरहेको रुसको सेनाले विज्ञप्तिमा जनाएको छ।
युक्रेनले ५० रुसी सैनिक मारेको दाबी गरेको छ। यस्तै, रुसी आक्रमणबाट अहिलेसम्म आफ्ना ४० जनाभन्दा बढी सैनिक मारिएको युक्रेनी राष्ट्रपतिको कार्यालयले जनाएको छ।
यस्तै, युक्रेनले रुसी विमान खसालेको दाबी गरेको छ। यद्यपि, यो पुष्टि हुन सकेको छैन।
यसैबीच युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले हतियार उठाउन चाहनेलाई हतियार दिइने बताएका छन्। अर्कोतर्फ युक्रेनमा रुसको आक्रमण जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।