काठमाडौं- पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधिमा थप एकजनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ७४३ नमुना परीक्षण गरिएको थियो। ५ हजार ५०८ जनाको पीसीआर परीक्षण गर्दा १५१ र २ हजार २३५ जनाको एन्टिजेन परीक्षण गर्दा १६७ गरी ३१८ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ९ हजार ६७८ संक्रिय संक्रमित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।