काठमाडौं- रुसी आक्रमणबाट अहिलेसम्म आफ्ना ४० जनाभन्दा बढी सैनिक मारिएको युक्रेनी राष्ट्रपतिको कार्यालयले जनाएको छ।
बीबीसी संवाददाताहरूका अनुसार राजधानी किएभसहित युक्रेनमा मुख्य सहरहरूमा विस्फोटहरू भएको छ। किएभका थुप्रै बासिन्दाहरू सहर छोडेर भागेका छन्।
युक्रेनी सुरक्षा बलले रुसका पाँचवटा विमान र एउटा हेलिकप्टर खसालिदिएको दाबी गरेको छ। तर, रुसको रक्षा मन्त्रालयले आफ्ना विमान र हेलिकप्टर खसालिएको दाबी अस्वीकार गरेको छ।
त्यस्तै, युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुससँगको कुटनीतिक नाता तोडेको घोषणा गरेका छन्। उनले आफ्ना नागरिकहरुलाई रुसविरुद्ध लड्नका लागि हतियार उपलब्ध गराउने बताएका छन्।
उनले देशका लागि हतियार उठाउन सबै नागरिकलाई अपिल गरेका छन्। उनले जसले हतियार उठाउन चाहन्छ देशले उसलाई हतियार दिने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।