काठमाडौं– साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजारमा भारी गिरावट आएको छ।
बिहीबार सेयर बजार परिसूचक (नेप्से) ५८.९९ अंकले घटेर २६६१.४४ विन्दुमा झरेको छ। आज समग्रमा नेप्से २.१७ प्रतिशतले ओरालो लाग्यो।
आज ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार रुपैयाँको सेयर कारोबार भएको छ। आज कारोबारमा आएको १३ वटै समूहको सेयर उपसूचक घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जानकारी दिएको छ। आज सबैभन्दा धेरै जीवन बीमा उपसूचक २ दशमलव ८६ प्रतिशतले घटेको छ। आज ६ वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १८५ वटा कम्पनीको सेयर मूल्य घटेका छ।
आज दिनभरिमा २२९ वटा कम्पनीको ८४ लाख ९० हजार ६८९ कित्ता सेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ। आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको कारोबार भएको छ। कम्पनीको २६ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ। आज कम्पनीको सेयर मूल्य ४१५ रुपैयाँ कायम भएको छ।
त्यस्तै, नेपाल टेलिकमको २५ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार भएको छ। जीवन विकास लघुवित्त वित्तीय सस्थाको १४ करोडमाथिको सेयर कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको १२ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।