काठमाडौं- रुसले युक्रेनमा गरेको सैन्य कारबाहीका क्रममा साता जनाको मृत्यु भएको छ।
युक्रेनी प्रहरीले रुसले विस्फोटन गराएको बमका कारण सात जनाको ज्यान गएको बताएको बीबीसीले उल्लेख गरेको छ।
अधिकारीहरूका भनाइमा पोडेस्कस्थित सैन्य एकाइमा ६ जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्। त्यहाँ अन्य १९ जना हराइरहेका छन्। मारिअपोल सहरमा अर्का एक जना व्यक्तिको पनि मृत्यु भएको छ।
रुसी सैन्य टुकडी युक्रेनको उत्तरी चेर्निहिभ र सुमी क्षेत्रहरू तथा पूर्वी लुह्यान्स्क र खार्किभ क्षेत्रमा प्रवेश गरेको युक्रेनको सीमा सुरक्षा सेवा (डीपीएसयू) ले बताएको छ। रुसी सैनिकहरूले तोप हानेको उसले बताएको छ।
युक्रेनका सीमा सुरक्षा बल र सशस्त्र सेनाले शत्रुलाई रोक्नका लागि सबै उपायहरू गरिरहेको बताएको छ।
युक्रेनको सशस्त्र फौजले पाँचवटा रुसी विमान र एउटा हेलिकोप्टर खसालिदिएको दाबी गरेको छ। तर रुसी रक्षा मन्त्रालयले आफ्ना विमानहरू खसालिएको कुरा अस्वीकार गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।