काठमाडौं- रुसी राष्ट्रपति भ्लादमिर पुटिनले स्थानीय समय अनुसार पाँच बजेर ५५ मिनेटमा सैन्य कारबाही घोषणा गरेको केही मिनेटपछि युक्रेनमा आक्रमण सुरु गरिएको छ।
युक्रेनी राजधानी किभमा आपत्कालीन साइरन बज्न थालेको छ र मानिसहरूले राजधानी छोडिरहेका छन्। सडकमा कारहरूको ठूलो लाइन देखिएको बीबीसीले जनाएको छ।
मानिसहरूले सडकमा प्रार्थना गर्दै गरेको र समूह-समूहमा बाँडिएको टेलिभिजन फूटेजहरूमा देखिन्छ।
किभमा रहेका द गार्डिअन पत्रिकाका संवाददाता ल्युक हार्डिङले कतिपय मानिसहरू पैसा झिक्न एटीएमअगाडि लाइन बसिरहेको भन्दै ट्विटरमा पोस्ट गरेका छन्।
युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले ट्विट गर्दै भ्लादमिर पुटिनले ‘युक्रेनमाथि पूर्ण स्तरको आक्रमण शुरू गरेको’ बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।