काठमाडौं- युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले ट्विट गर्दै भ्लादिमिर पुटिनले ‘युक्रेनमाथि पूर्ण स्तरको आक्रमण शुरू गरेको’ बताएका छन्।
उनले युक्रेनले ‘आफ्नो रक्षा गर्ने’ बताउँदै अन्तर्राष्ट्रिय जगत्ले पुटिनलाई रोक्न सक्ने र रोक्नुपर्ने विषयमा जोड दिएका छन्। रुसले पूर्वी युक्रेनमा आफ्ना सेनाविरुद्ध ‘भीषण गोलाबारी’ गरेको युक्रेनको सैन्य बलले जनाएको छ।
रुसले युक्रेनको राजधानी किभनजिकै रहेको एक विमानस्थलसहित देशका अन्य विभिन्न विमानस्थलमा पनि क्षेप्यास्त्र आक्रमण गरेको बताइएको छ। युक्रेनको हवाई बलले रुसी हवाई हमलाको सामना गरिरहेको युक्रेनको सैन्य बलले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।