काठमाडौं- रूसका राष्ट्रपति भ्लादमिर पुटिनेले बिहीबार विहान टेलिभिजन सम्बोधन गरे। त्यसक्रममा उनले विशेष सैन्य अभियान घोषणा गरे । तर पुटिनले युक्रेनमाथि कब्जा गर्ने रुसको कुनै योजना नहरेको बताए।
युक्रेनका जनताले चुनावमार्फत देश कसले चलाउने भन्ने चयन गर्ने उनको भनाइ थियो ।
सम्बोधनका क्रममा पुटिनले युक्रेनका सैनिकलाई आत्मसमर्पण गर्न भने। उनले पूर्वी युक्रेनमा तैनाथ सैनिकलाई हतियार विसाएर आफ्नो घर जान भनेको बीबीसीले उल्लेख गरेको छ।
उनले युक्रेनलाई चेतावनी दिँदै यदी यस्तो नभएको खण्डमा बग्ने रगतको जिम्मेवार युक्रेन हुने चेतावनी दिए। उनले यदी कसैले रुसमाथि कारबाही गर्छ भने मस्को यसमाथि प्रतिक्रिया दिन पछि नपर्ने बताए।
रूसी राष्ट्रपतिका अनुसार यो कारबाही 'आत्मरक्षा' हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।