१. बिहीबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक, एमससीमाथि छलफल हुने, अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि सामान्य छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने । ( एमससीमाथि छलफल हुने)
२. एमसीसीको पक्षमा मतदान गर्ने लोकतान्त्रिक समाजवादी पार्टीको निर्णय, प्रतिनिधि सभा बैठकमा हुने एमसीसीमाथिको छलफलमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई कांग्रेसको निर्देशन । (लोसपाले एमसीसीको पक्षमा मतदान गर्ने)
३. युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन सरकारको आग्रह, त्यहाँ रहेका नेपाली नागरिकले आवश्यक परेमा नेपाली दूतावास, बर्लिनको ठेगानामा सम्पर्क गर्न मन्त्रालयको सुझाव । (सरकारको आग्रह )
४. रुसको स्वार्थ र सुरक्षामा कुनै सम्झौता नहुने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रतिक्रिया, अमेरिकाले आफूहरूलाई थप हतियार दिने वाचा गरेको युक्रेनका विदेशमन्त्रीको दाबी । ( पुटिनको प्रतिक्रिया)
५. र, आईसीसी टी–२० आई वरियतामा कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलको ठूलो सुधार, नयाँ वरियतामा कुशल ३९औं स्थानमा, बलिङमा सन्दीपले पछि पारे कमिन्स र रबाडालाई । (आईसीसी वरियतामा सन्दीप र कुशलको सुधार)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।