काठमाडौं- युक्रेनको सुरक्षा परिषद्ले रुससँग युद्धको आशंकाबीच आपतकालको घोषणा गरेको छ। युक्रेनको संसद्ले आगामी ४८ घण्टाभित्र यस विषयमा आफ्नो सहमति दिनुपर्नेछ।
तर, संसद्ले अबको केही मिनेट वा एक घण्टामा पनि यस विषयमा सहमति दिन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। यो आपतकालीन अवस्था डोनेस्क र लुहान्स्कबाहेक सम्पूर्ण युक्रेनी क्षेत्रमा लागु हुनेछ।
राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशका नाममा आफ्नो सन्देशमा आपतकालपछि पहिलो कदम चाल्ने उल्लेख गरेका छन्।
यो कदम युक्रेनले आफ्नो आरक्षित सेना बोलाउनको लागि हो। सुरक्षा तथा रक्षा परिषद्का सचिवले रुसबाट आक्रमण बढेमा मार्शल ल पनि लागु गर्न सकिने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।