काठमाडौं- नेपाल राष्ट्र बैंकले संस्थापक सेयर खरिद बिक्रीमा थप कडाइ गरेको छ। केन्द्रीय बैंकले एउटै लगानीकर्ताको एकभन्दा बढी संस्थामा हुने ‘क्रस होल्डिङ’लाई व्यवस्थापन गर्ने गरी संस्थापक सेयर खरिद बिक्रीमा कडाइ गरेको हो।
आफ्नो संस्थाबाहेक २ प्रतिशतभन्दा बढी संस्थापक सेयर खरिद बिक्री गर्दा स्वीकृति लिनु पर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।
यसभन्दा अघिसम्म १ प्रतिशतभन्दा बढी संस्थापक सेयर खरिद बिक्री गर्नुपर्दा मात्र राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ।
यसअघिसम्म एकभन्दा बैंक तथा वित्तीय संस्थाको २ प्रतिशतसम्म संस्थापक सेयर खरिद बिक्रीको गर्दा राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने व्यवस्था थिएन।
राष्ट्र बैंकले उक्त व्यवस्थालाई परिमार्जन गर्दै अब १ प्रतिशतको सीमा निर्धारण गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।