काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको मुद्दामा पश्चिमाहरूसँग कूटनीतिक समाधान खोज्न रुस अझै तयार रहेको बताएका छन्।
तर, आफ्ना नागरिकहरूको सुरक्षालाई कुनै पनि हालतमा बेवास्ता गर्न नसकिने उनले बताए। भिडियो सन्देशमा पुटिनले आफू सुरुदेखि अहिलेसम्म इमानदार भएर संवादका तयारीमा लागिरहेको बताए।
आफ्नो सम्बोधनमा उनले रुसी सेनाको तयारीको प्रशंसा गर्दै देशको हितका लागि सधैं उभिनेमा विश्वस्त रहेको बताए। अमेरिकास्थित अन्तरिक्ष प्रविधि कम्पनी म्याक्सर टेक्नोलोजीले पश्चिमी रुसमा सेना र उपकरणको तैनाथी भएको दाबी गरेको छ। यसका साथै स्याटेलाइट तस्बिरहरू सार्वजनिक गरेको छ।
यसका साथै १०० भन्दा बढी गाडीहरू दक्षिणी बेलारुसमा पनि देख्न सकिन्छ। यी सबै क्षेत्र युक्रेनको सिमाना नजिक छन्।
रुस र बेलारुसले हालैका दिनहरूमा व्यापक सैन्य अभ्यास गरेका छन्। तर, पछिल्लो तस्बिरमा कसैले टिप्पणी गरेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।